scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

एट्लेटिको मड्रिड स्पेनिस लालिगाको उपाधि होडमा थप बलियो

काठमाडौं, ३० वैशाख । एट्लेटिको मड्रिडले स्पेनिस लालिगाको उपाधि होडमा आफूलाई थप बलियो बनाएको छ । गएराति भएको खेलमा जीत निकाल्दै एट्लेटिकोले शीर्षस्थानमा ४ अंकको अग्रता बनाउँदै उपाधि नजिक पुगेको हो ।

गएराति घरेलु मैदानमा भएको खेलमा एटलेटिकोले रियल सोसिडाडलाई २-१ ले हरायो । एट्लेटिकोको जीतमा यानिक कारास्को र एल्जेल कोरियाले १-१ गोल गरेका थिए । रियल सोसिडाडका इगल जुविल्डियाले एक गोल फर्काए ।

खेलको १६औं मिनेटमा कारास्कोको गोलबाट घरेलु टोली एट्लेटिकोले अग्रता लिएको थियो । उनले मार्काेस लोरेन्टेको पासमा गोल गरेका थिए । २८औं मिनेटमा कोरियाले लुइस सुआरेजको पासमा गोल गर्दै एट्लेटिकोलाई पहिलो हाफमै २–० ले अगाडि राखे ।

८३औं मिनेटमा इगर जुविल्डियाले गोल गदै खेललाई २–१ को अवस्थामा ल्याएपनि त्यसपछि गोल निस्कन नसक्दा एट्लेटिकोले महत्वपुर्ण ३ अंक जोड्न सफल भयो ।

जीतसँगै एट्लेटिकोको ३६ खेलबाट ८० अंक पुगेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ७६ तथा एक खेल कम खेलेर तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको ७५ तथा सेभियाको ७४ अंक छ । पराजित सोसिडाड ५६ अंक जोडेर पाँचौ स्थानमा यथावत रहेको छ ।

एट्लेटिकोले अब बाँकी दुईमध्ये एक खेल जितेर रियल एक खेलमा पराजित भएमा एक खेलअगावै उपाधि विजेता बन्‍नेछ । रियलले बाँकी तीनवटै खेल जितेको खण्डमा एट्लेटिकोले पनि बाँकी दुवै खेल जित्‍नुपर्ने हुन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय