scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

प्रिमियर लिग: चेल्सीको मैदानमा आर्सनलको साँघुरो जीत

काठमाडौं, ३० वैशाख । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा आर्सनलले जीत हासिल गरेको छ । आर्सनलले चेल्सीलाई उसैको मैदानमा १-० ले हराएको हो ।

आर्सनलको जीतमा एमिले स्मिथ रोवेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बनेको थियो । उनले १६औं मिनेटमा गोल गरेका थिए ।

दोस्रो हाफमा थप गोल निस्कन सकेन चेल्सीले शीर्ष चारमा पकड बलियो बनाउन सकेन । आर्सनलले भने खराब सिजनको अन्त्यतिर जीत निकाल्ने प्रयासमा छ ।

जीतसँगै ३६ खेलबाट ५५ अंक भएको आर्सनल आठौं स्थानमा उक्लिएको छ भने पराजित चेल्सी ६४ अंकसहित चौथो स्थानमा रहेको छ । उसलाई एक खेल कम खेलेको वेस्टह्‍याम र २ खेल कम खेलेको लिभरपुलले पछ्याइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय