scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

मोन्टपेलियरलाई सडन डेथमा हराउँदै पिएसजी फ्रेन्च कपको फाइनलमा

काठमाडौं, ३० वैशाख । पेरिस सेन्ट जर्मेन पिएसजी फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलमा मोन्टपेलियरलाई सडन डेथमा हराउँदै पिएसजी उपाधि नजिक पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । दुवै टोलीका सुरुवाती पाँच प्रहार गोलमा परिणत भएका थिए भने त्यसपछि सडन डेथको पहिलो प्रहारमा पिएसजी सफल रहँदा मोन्टपेलियर असफल रह्‍यो ।

पेनाल्टी सुटआउटमा मोन्टपेलियरका तेजी साभानियर एन्डी डेलोर्ट स्टेफी माभिडिडी मिहाइलो रिस्टिक र गेटान लाबोर्डेको प्रहार गोलमा परिणत भएका थिए भने पिएसजीका एन्जेल डिमारिया जुलियन ड्राक्सलर लियान्द्रो पारेडेस मार्किन्होस र नेयमारको प्रहार गोल भएका थिए ।

त्यसपछिको प्रहारमा मोन्टपेलियरका जुनियर साम्बिया चुक्दा पिएसजीका मोइक किनले गोल गर्दै पिएसजीलाई फाइनलमा पुर्‍याए ।

निर्धारित समयमा २-२ को बराबरीमा सकिएको खेलमा मोन्टपेलियरका गेटान लाबोर्डे र एन्डी डेलोर्टले १-१ गोल गर्दा पिएसजीका किलियन एमबाप्पेले दुवै गोल गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय