scheduleसोमवार आश्विन ११ गते, २०७८

एमाले मिल्ने संकेत पाएपछि महन्थ र महतो बूढानीलकण्ठ

काठमाडौँ, २९ वैशाख । सत्तारुढ नेकपा एमाले मिल्ने संकेत देखिएपछि जसपाका नेता जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो सरकार गठनबारे छलफल गर्न बूढानीलकण्ठ पुगेका छन् ।

नेताद्वय प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा विहीबार बिहान ११ बजे पुगेका छन् । सम्भावित सत्ता साझेदारी र विकसित घटनाक्रमबारे नेताद्वयले देउवासँग संवाद गरिरहेको एक कांग्रेस नेताले जानकारी दिए ।

देउवाले जसपाको अन्तिम निर्णयबारे जानकारी लिन बोलाएको र उनीहरु त्यहाँ पुगेको बताइएको छ । बूढानीलकण्ठबाट फर्किएपछि ठाकुरले सांसद र कार्यकारिणी समितिका सदस्यहरूसँग छलफल गर्ने भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय