scheduleबुधवार आश्विन ६ गते, २०७८

ओली-नेपाल वार्ता चलिरहँदा प्रचण्ड पुगे बूढानीलकण्ठ

फाइल तस्बिर

काठमाडौँ, ३० वैशाख । माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच वार्ता चलिरहँदा बूढानीलकण्ठमा दाहालले देउवासँग वार्ता सुरू गरेका हुन् ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा सकिनै लाग्दा उनीहरुबीच यसबारे छलफल हुने बताइएको छ ।

यसअघि बूढानीलकण्ठमा देउवाले जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसँग पनि भेट गरेका थिए ।

जसपाको महन्थ ठाकुर पक्षले सहयोग नगरेपछि बहुमत जुटाउन नसकिरहेका काँग्रेस सभापति शेरबहादुर देउवाले माधव नेपालको निर्णय कुरिरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय