scheduleशुक्रवार आश्विन १ गते, २०७८

दाहालले बोलाए स्थायी समिति

काठमाडौँ, ३० वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको स्थायी समिति बैठक बोलाएका छन् । नयाँ सत्ता गठबन्धनको गृहकार्यमा जुटिरहेका प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटलगत्तै दाहालले अहिले ५ बजे पार्टी कार्यालयमा बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत गुमाएपछि गठबन्धन सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिने समयसीमाको आज अन्तिम दिन हो ।

नेपाली कांग्रेस, माओवादी र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव समूह नयाँ गठबन्धनको पक्षमा रहे पनि विहीबार अपरान्हसम्म बहुमतको अंकगणित कमजोर देखिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय