scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

अक्सिजनका लागि गुहार

फुङ्लिङ, ३० वैशाख । कोभिड—१९को संक्रमणको संख्या बढ्दै गएसँगै ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजनको अभाव हुन नदिन विभिन्न संघस्थालाई गुहार्न थालेको छ । दिन प्रतिदिन कोभिड—१९को संक्रमण वृद्धि हुर्दै गए पछि अक्सिजन अभाव हुन सक्ने भएकाले विभन्न संघस्थालाई गुर्हानुपरेको जिल्ला अस्पतालका निमित प्रमुख डा सोनिम लामाले बताए ।

दैनिक रुपमा कोभिड—१९ को संक्रमित थपिदै गएकाले अक्सिजन अभाव हुन सक्ने लामाले बताए । जिल्ला अस्पतालसंग २० वटा सिलिण्डर अक्सिजन भएकोमा ९ मात्र स्टोरमा सहेको जिल्ला आस्पतालकाका सूचाना अधिकारी विजय राईले बताए। १५ वटा सिलिण्डर खाली भइसकेको जिल्ला अस्पतालका मेडिकल उपकरण प्रविधिक सरोज चौधरीले बताए ।

गत हप्तामा ताप्लेजुङको मित्लुङमा निर्माणधिन सानीमा हाइड्रोवरले ६ वटा सिलिन्डर अक्सिजन जिल्ला अस्पतालाई उपलब्ध गरएको थियो । आज मनिष इन्जिनियरिङका संञ्चालक फुङलिङ नगरपालिका वार्ड नं ७ निवासी यामबहादुर गुरुङले ४ वटा अक्सिजन ग्याससहितको सिलिण्डर जिल्ला अस्पताललाई उपलब्ध गराएको जिल्ला अस्पतालले जनाएको छ । दिन प्रतिदिन कोभड—१९ को संक्रमण थपिदै जाने क्रममा छ । अक्सिजनको अभाव भइरहको अस्पतालका निमित प्रमुख डा लामाले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय