scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

शुक्रबारको मौसम: आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं, ३१ वैशाख । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण-पूर्व भू-भाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखाको प्रभाव रहेको छ ।

अहिले प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश सहित देशका अन्य प्रदेशका पहाडी भू-भागहरुमा सामान्य बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रहेको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसो: देशका प्रदेश नं १ र अन्य पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहने छ र बांकी भु-भागहरूमा आंशिक बदली रहनेछ । देशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशका प्रदेश १ सहित पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागहरुमा आंशिक बदली रहेने छ । प्रदेश नं १ का साथै अन्य पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय