scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

प्रिमियर लिग: युनाइटेडको मैदानमा लिभरपुलको प्रभावशाली जीत

काठमाडौं, ३१ वैशाख । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले शानदार जीत निकालेको छ । लिभरपुलले म्यान्चेस्टर युनाइटेडलाई उसैको मैदानमा ४-२ गोलअन्तरले हराएको हो ।

लिभरपुलको जीतमा रोबर्टो फर्मिनोले २ गोल गरे भने मोहमद सालाह र डियोगो जोटाले १-१ गोल गरे । युनाइटेडका ब्रुनो फर्नान्डेस र मार्कस रासफर्डले १-१ गोल गरेका थिए ।

खेलको १०औं मिनेटमा फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । ३४औं मिनेटमा जोटाले गोल गर्दै खेल बराबरीमा ल्याए । इन्जुरी समयमा फर्मिनोले गोल गरेपछि पहिलो हाफमा लिभरपुल २-१ ले अगाडि रह्यो ।

दोस्रो हाफको ४७औं मिनेटमा फर्मिनोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-१ को अग्रता दिलाए । ६८औं मिनेटमा रासफर्डले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने प्रयास गरे । यद्यपि ९०औं मिनेटमा सालाहले गोल गरेपछि लिभरपुल ४-२ ले विजयी भयो ।

जीतसँगै महत्वपूर्ण ३ अंक जोडेको लिभरपुल ३५ खेलबाट ६० अंकसहित ‌अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ । पराजयका बाबजुद युनाइटेड ३६ खेलबाट ७० अंकसहित दोस्रो स्थानमा यथावत् छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय