scheduleबुधवार आश्विन १३ गते, २०७८

एमालेका जिल्ला नेता भन्छन्- अब प्रचण्डलाई पनि ल्याउनुपर्छ !

काठमाडौं, ३१ वैशाख । नेकपा एमाले धादिङका जिल्ला नेता नरेश खतिवडाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपालसँगै प्रचण्डलाई पनि पुनः पार्टीमा भित्र्याउनुस् भन्दै व्यङ्ग गरेका छन् ।

माधव नेपाल समूहसँग कुरा मिल्न लागेपछि विहीबार सामाजिक सञ्जालमा एक टिप्पणी गर्दै नेता खतिवडाले पार्टी नेतृत्वलाई व्यङ्ग्य गरेका हुन् । ‘माधव नेपालसँग कुरा मिलेको हो भने प्रचण्डलाई पनि किन पर राख्नु ? दुईचार मन्त्री खाएर समर्थन दिन्छन् भने बोलाँउदा राम्रै हुन्छ,’ उनले लेखेका छन् ।

प्रचण्डभन्दा नेपाल खराब नेता भएको संकेत उनले गरेका छन् । उनी भन्छन्, ‘एमालेलाई १२१ सिट दिलाउन उनको पनि त धेर थोर योगदान थियो नि । फेरि प्रचण्ड आफैंमा खराब मानिस होइनन् , पछिल्लो चरण माधब कामरेडको लहैलहैमा भड्किएका हुन् ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय