scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

पहिलो संस्करणको सुपर लिगको उपाधि खेल शनिबार, धनगढी र काठमाडौं भिड्ने

 

काठमाडाैं, ३० जेठ । पहिलो संस्करणको नेपाल सुपर लिगको उपाधिका खेल भोलि हुने भएको छ । उपाधिका लागि धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ । धनगढीले पहिलो क्वालिफायरमा काठमाडौंलाई नै अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

बिहिबार भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई पराजित गर्दै काठमाडौंले उपाधिका लागि धनगढीसँगको भेट सुनिश्चित गरेको हो । काठमाडौंले ललितपुर सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै जित हात पारेको थियो । काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले दुई गोल गरे भने स्टेफेन बिनोङले एक गोल थपे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय