scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

च्याम्पियन्स लिगको फाइलन खेल पोर्चुगलमा

काठमाडाैं, ३० वैशाख । यूईएफए च्याम्पियन्स लिगको फाइनल खेल पोर्चुगलमा हुने भएको छ । युएईएफले बिहिबार च्याम्पियन्स लिगको फाइनल पोर्चुगलको पोर्टोमा हुने जनाएको छ । च्याम्पियन्स लिगको फाइनलमा दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सीबीच प्रतिस्पर्धा हुनेछ ।

सिटी र चेल्सीबीचको फाइनल खेल मे २९ तारिखमा हुनेछ । यस अघि फाइनल खेल टर्कीको इस्तानबुलमा हुने तालिका रहेको थियो । तर, टर्कीमा पछिल्लो केहि समयदेखि कोरोना सङ्क्रमणको दरमा वृद्धि हुँदै गएको छ । जसका कारण फाइनल खेल पोर्चुगलमा सारिएको हो ।

फाइनलमा रंगशाला प्रवेशका लागि दर्शकलाई समेत अनुमति दिईएको छ । दुबै टिमका ६/६ हजार दर्शकले रंगशालामा बसेर खेल हेर्न पाउने युएईएफले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय