scheduleबुधवार आषाढ़ २ गते, २०७८

काँग्रेस, माओवादी र जनता समाजवादी दिर्घकालीनरुपमा सहकार्य गर्न सहमत

काठमाडाैं, ३१ वैशाख । विपक्षी दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादीको उपेन्द्र– बाबुराम पक्ष दिर्घकालीनरुपमा सहकार्य गर्न सहमत भएका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शुक्रबार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले संविधानको रक्षा र लोकतन्त्रका लागि दिर्घकालिन रुपमा सहकार्य गर्ने समझदारी बनाएको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।

सभापति देउवासहित काँग्रेसका नेताहरु, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरु र जसपाका अध्यक्ष यादवसहितका केही नेता बैठकमा जुटेका थिए । बैठकमा गठबन्धन सरकारका लागि दावी पेश गर्ने भनिएपनि अन्तिममा बहुमत पुर्‍याउन नसकेको बिहीबारको घटनाबारे समिक्षा भएको नेताहरुले जनाएका छन् ।

तीन दलले सरकार कोरोना संक्रमण नियन्त्रणका लागि असफल भएको ठहर गर्दै त्यसका विरुद्ध संयुक्त रुपले जनचेतना जगाउने काम गर्ने समझदारी पनि गरेका छन् ।

काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र बाबुराम पक्ष मिलेर प्रधानमन्त्री केपी ओलीको विकल्पमा काँग्रेस सभापति शेरबहादुर देउवालाई अघि सार्ने सहमति गरेका थिए । उनिहरुको सहमतिमा सुरुमा साथ दिएका एमालेका खनाल नेपाल पक्षले अन्तिममा साथ छोडेपछि विपक्षी गठबन्धनले बहुमत जुटाउन सकेको थिएन् ।

सरकारी गठबन्धन बनाउन तयार भएका तीनै नेता अहिले विपक्षी गठबन्धनलाई निरन्तरता दिन तयार देखिएका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय