scheduleबुधवार आषाढ़ २ गते, २०७८

एनएसएल प्री म्याच कनफ्रेन्स : धनगढी र काठमाडौं दुबै टोलीद्वारा उपाधी जित्ने दावी

काठमाडाैं, ३१ वैशाख । नेपाल सुपर लिगको उपाधिका लागि शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सविच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिष्पर्धाको एक दिन अघि दुबै टोलीले उपाधी जित्ने दावी गरेका छन् । यसअघिका दुई भिडन्तमा धनगढीले बाजीमार्दा फाइनलमा भने काठमाडौंले यसअघिको हारलाई बदला लिएर पहिलो संस्करणको च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ । फाइनल आयोजित प्रिम्याच कन्फ्रेन्समा धनगढी टिमका प्रशिक्षक फुजाले काठमाडौंविरुद्धको खेलका लागि निकै उत्साहित भएको बताए ।

उनले आफ्नो टिमको आत्मविश्वास निकै राम्रोरहेको र फाइनलमा बाजीमार्नेमा विश्वस्त रहेको धारणा राखे । यस्तै कप्तान किरण चेम्जाङले धनगढी टिम लयमा रहेको र तेस्रो पटक यो प्रतियोगितामा भेट हुन लागेको भन्दै खेल प्रतिस्पर्धात्मक हुने र अन्तिममा धनगढीले ने जित्ने दावी गरे । लिग चरण र क्वालिफायर्समा धनगढीले निकालेको नतिजा फाइनलमा पनि निकाल्नेमा विश्वस्त रहेको उनले बताए ।

त्यस्तै काठमाडौं टिमका प्रशिक्षक बालगोपाल महर्जनले सुपर लिगको उपाधि काठमाडौंमा नै राख्ने गरेर खेल्ने बताए । उनले यो प्रतियोगिताको उपाधिका लागि काठमाडौं निकै उत्साहित भएको धारणा राखे ।

कप्तान विकेश कुथुले फाइनलमा जित्ने हिसावले खेल्ने धारणा राखे ।

फाइनल खेल दशरथ रंगशालामा साँझ साँढे पाँच बजेबाट सुरु हुनेछ । खेलको विजेताले ३५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय