scheduleमगलवार आषाढ़ १ गते, २०७८

कोरोना महामारी : नेपालभर थप २ सय ३ जनाले ज्यान गु्माए

काठमाडाैं, ३० वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप २ सय ३ जनाले ज्यान गुमाएका छन् । योसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार २० हजार ९४८ पीसीआर परीक्षणबाट ८ हजार ४६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार शुक्रबार ६ हजार १ सय ३५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ पुगेको छ । क्वारेन्टाइनमा ५१६ जना छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय