scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

प्रधानमन्त्री ओली र नेता नेपालबीच वार्ता सुरु

काठमाडौं, ३१ वैशाख ।प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता सुरु भएको छ ।

वार्तामा नेपाल पक्षका नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकण विष्ट र रघुजी पन्त सहभागी छन् भने ओलीका तर्फबाट विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल सहभागी भएका छन् ।

बिहीबार दिउँसो ओली र नेपालबीच भएको सहमति कार्यान्वयनबारे थप छलफल गर्न सिंहदरबारमा वार्ता सुरु भएको बताइएको छ ।

यसअघि नेता नेपाल समूहको केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक बसेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय