scheduleबुधवार आषाढ़ २ गते, २०७८

पूर्वरानी कोमल शाह कोरोनामुक्त, अस्पतालबाट निकालियो

काठमाडौं, ३१ बैशाख । पूर्वरानी कोमल शाहलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएकी शाहलाई आज डिस्चार्ज गरिएको हो ।

कोमललाई कोरोना पोजिटिभ देखिएपछि नर्भिक इन्टरनेशल हस्पिटलमा भर्ना गरिएको थियो । सघन उपचारपछि उनी कोरोना मुक्त भएपछि शुक्रबार अपरान्ह ४ बजे डिस्चार्ज गरिएको हो ।

कोमलसँगै पूर्वअधिराज कुमारी प्रेरणा शाहलाई पनि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

कोरोना संक्रमण देखिएपछि २१ दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाहसहित कोमल र प्रेरणालाई अस्पताल भर्ना गरिएको थियो । ज्ञानेन्द्र शाह वैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय