scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

नेपाल कोरिया मैत्री अस्पतालमा आजबाट अक्सिजन उत्पादन सुरु

भक्तपुर, ३१ बैशाख । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले आज बेलुकादेखि अक्सिजन उत्पादन सुरु गरेको छ ।

नगरपालिकाको रु ६५ लाखको लगानीमा चीनबाट ल्याइएको प्लान्ट जडान गरी अक्सिजन उत्पादन शुरु गरिएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

दैनिक ३० देखि ३२ सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्टले अब अस्पतालका सघन उपचार कक्ष, हाइकेयर युनिट र भेन्टिलेटरमा भर्ना भएका कोभिड–१९ का २४ बिरामीलाई पाइपमार्फत अक्सिजन पुर्‍याउने जनाइएको छ ।

अस्पतालमा अहिले दैनिक ९० सिलिण्डर अक्सिजन खपत भइरहेकामा अब ३० सिलिण्डर अक्सिजन मात्रै बाहिरबाट ल्याए पुग्ने भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय