scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

नेपाल सुपर लिग फुटबलको उपाधि भिडन्त आज

काडमाडौं, १ जेठ । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनल खेल आज हुँदै छ । उपाधिका लागि धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुने छ ।

खेल नेपाली समयअनुसार साँझ ५:३० बजेदेखि दशरथ रङ्गशालामा सुरु हुनेछ । धनगढीका कप्तान किरण चेम्जोङ रहेका छन् भने काठमाडौंका कप्तान विकेश कुथु रहेका छन् ।

पहिलो क्‍वालिफायरमा धनगढीले काठमाडौंलाई नै पराजित गर्दै सिधै फाइनलमा प्रवेश गरेको थियो भने एक मौका बाँकी रहेको काठमाडौंले इलिमिनेटरबाट आएको ललितपुलाई हराउँदै फेरि धनगढीसँगको भिडन्त पक्का गरेको थियो ।

यी दुई टोली २० दिनको अन्तरालमा तेस्रोपटक भिड्न लागेका हुन् । यसअघि समूह चरण र पहिलो क्‍वालिफायर दुवै खेलमा धनगढी विजयी भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय