scheduleमगलवार आषाढ़ १ गते, २०७८

गंगा किनारमा गाडिएको अवस्थामा शव भेटिन थाले

एजेन्सी, १ जेठ । भारतको बिहार र यूपीमा गंगा नदीमा ठुलो संख्यामा मृत शरीरहरू बगेर आएको घटनापछि पुनः अर्को प्रकृतिको घटना देखिन थालेका छन् । अहिले ठूलो संख्यामा गाडिएका लाशहरू गंगा किनारको बालुवामा फेला परेका छन् ।

प्रशासनका अनुसार कतिपयले कोरोना संक्रमित भएर मृत्यु भएका आफन्तका शव उनीहरुकै परम्पराका आधारमा गाडेका हुन सक्छन् भने स्थानीय मानिसका अनुसार घाटमा भीड हुने एवम् दाहसंस्कारको खर्च महङ्गो भएका कारण बालुवामा मृत शरीर गाड्न लागिएको हो ।

बुधवार उन्नावस्थित गंगा किनारका केही घाटहरूमा ठूलो संख्यामा काग र चिलहरू घुमेको देखिएपछि मानिसहरुले हेर्दा ती डरलाग्दा द‍ृश्‍य देखेका थिए ।

गंगा नदीको किनारमा बालुवामा धेरै शव गाडिएको थियो । केही शव बालुवाबाट बाहिर निस्केका थिए, जसलाई कुकुरहरूले खाइरहेका थिए । केही शवहरू अत्यन्त विकृत अवस्थामा फेला परेका थिए किनकि तिनीहरूलाई बालुवामा गहिरो तरिकाले गाडिएको थिएन ।

शवहरुको तस्वीर भाइरल भएपछि केही दिनयता त्यहाँका व्यक्तिहरुले आफन्तको मृत शरीर ल्याएर किनारमा गाड्न थालेको कुरा पत्ता लागेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय