scheduleमगलवार आषाढ़ १ गते, २०७८

अर्को खेप स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदै

काठमाडौं, १ जेठ । चिनियाँ अनुदानका अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिबार फेरि बेइजिङ जाँदै छ ।

नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार वाइडबडी जहाज शनिबार साँझ बेइजिङ उड्दैछ । यो जहाजले कम्तिमा ४ सय थान सिलिण्डर, ४ सय थान अक्सिजन कन्सन्ट्रेटर र अन्य चिकित्सा सामग्री नेपाल ल्याउने छ ।

यसअघि गत वैशाख २७ गते पनि पहिलो खेप स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज चीनको राजधानी बेइजिङ गएको थियो । चार सय थान अक्सिजन सिलिण्डर, १६० थान अक्सिजन कन्सन्ट्रेटर, १० थान भेन्टिलेटर लगायतका सामग्री लिएर वैशाख २८ गते जहाज काठमाडौं आइपुगेको थियो ।

चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर अनुदानमा दिने घोषणा यसअघि नै गरिसकेको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल पठाउनका लागि दोस्रो खेप अक्सिजन सिलिण्डर तयार भएको जानकारी दिएकी छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय