scheduleसोमवार जेष्ठ ३१ गते, २०७८

नेपालको अवस्था चिन्ताजनक, अन्तर्राष्ट्रिय सहयोग चाहियोः डब्ल्युएचओ

काठमाडौं, १ जेठ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नेपालमा कोरोना भाइरस सङ्क्रमणको अवस्था चिन्ताजनक अवस्थामा पुगेको संगठनका निर्देशक टेड्रोस अडनोम गेब्रियसले बताएका छन् ।

निर्देशक गेब्रियसले नेपालमा कोरोना महामारीको अवस्था चिन्ताजनक अवस्थामा पुगेको बताउँदै अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता भएको बताएका हुन् । निर्देशक गेब्रियसले भारतसँगै नेपाल, श्रीलङ्का, भियतनाम, थाइल्याण्ड लगायतका देशको अवस्था चिन्ताजनक भएको भन्दै अन्तर्राष्ट्रिय सहयोग चाहिएको उल्लेख गरेका छन् । उनले यी मुलुकमा कोरोनाको बढ्दो दर चिन्ताको विषय बनेको भन्दै यी मुलुकहरुमा पनि स्वास्थ्य सेवाको अवस्था ठिक नरहेको पनि बताएका हुन् ।

निर्देशक गेब्रियसले नेपालमा अस्पताल भर्ना हुनुपर्ने बिरामी बढिरहेको र उनीहरुको लागि बेड र अक्सिजन नै उपलब्ध हुन नसक्ने अवस्था आएको भन्दै यसले अब थप जटिलताहरु आउने बताएका छन् ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बिरामीले बेड पाइरहेको र अवस्था नियन्त्रणमा नै रहेको बताइरहेको बेला संगठनले यस्तो जिकिर गरेको हो ।

टेड्रोसले भारतमा कोरोना सङ्क्रमणको स्थिति निकै चिन्ताजनक रहेको बताएका छन् । शुक्रबार संगठनको नियमित कोरोनासम्बन्धी मिडिया ब्रिफिङ्गको क्रममा उनले भारतका विभिन्न राज्यमा अहिले पनि कोरोनाको दर कम हुनुको साटो झन् बढ्दै जानु चिन्ताको विषय रहेको बताएका हुन् ।

डा. टेड्रोसले भारतका विभिन्न राज्यमा अहिलेपनि अस्पतालमा बिरामी भर्नाका लागि पर्याप्त सुविधा नरहेको र मृत्यु हुने क्रम पनि जारी नै रहनु चिन्ताको विषय रहेको उल्लेख गरे । उनले कोरोनाको दोस्रो लहर पहिलो लहरको तुलनामा बढी खतरनाक र गम्भीर रहेको भन्दै महामारीविरुद्ध लड्नका लागि विश्व स्वास्थ्य संगठनले सहयोग गरिरहेको पनि बताए ।

भारतमा हजारौंको संख्यामा अक्सिजन कन्सेट्रेटर्स, मोबाइल फील्ड हस्पिटलका लागि टेन्ट, मास्क र अन्य स्वास्थ्य सामग्रीको आपूर्ति गरिरहको भन्दै उनले भारतमा अझै पनि निकै चिन्ताजनक अवस्था रहेको बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय