scheduleबुधवार आषाढ़ २ गते, २०७८

१४ दिनपछि अभिभावकले बुझे ३ जना बालकको शव

दाङ, १ जेठ । दाङको तुलसीपुरमा मृत फेला परेका ३ जना बालकका परिवारजनले १४ दिनपछि शव बुझेका छन् । गत वैशाख १८ गते साँझ तुलसीपुर ६ स्याउली बजार नजिकै तिन जना बालकहरु मृत फेला परेको घटनाबारे निष्पक्ष अनुसन्धान गर्ने सहमति भएपछि मृतकका आफन्तले शव बुझेका हुन् ।

घटनाको निष्पक्ष अनुसन्धान गर्ने, तुलसीपुर उप–महानगरपालिकाले पीडित परिवारलाई किरियाखर्च स्वरुप २५ हजार रुपैयाँका दरले राहत दिने र थप राहतका लागि राष्ट्रिय दलित आयोगमा सिफारिस गर्ने सहमतिमा मृतक बालकका आफन्तले शुक्रबार दिउँसो शव बुझेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल, राष्ट्रिय दलित अयोगका अध्यक्ष देवराज विश्वकर्मा, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिव बहादुर सिंह लगाएतको सहभागितामा पीडित पक्षहरुसँग भएको छलफलमा भएको सहमतिपछि मृतकका आफन्तले शव बुझेको हो ।

यसअघि पीडित पक्षले बालकहरुको हत्या भएको दावी गदै दोषी पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिएका थिए । गत वैशाख १६ गतेदेखि घरबाट हराएका तुलसीपुर ६ गाइडहर बस्ने ९ वर्षका सन्दिप परियार, सोहि ठाउँका ६ वर्षका सुवर्ण परियार र ७ वर्षका करण परियार स्याउली बजार नजिकै पार्किङ गरेर राखेको भारतीय नम्बर प्लेट भएको आरजे ०१ सीसी ०८८५ नम्बरको कार भित्र मृत फेला परेका थिए ।

प्रहरीले उक्त गाडी धनी शान्तीनगर ६ बस्ने यादव गैरे र चालक पदम बस्नेतलाई पक्राउ गरी उनीहरु विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरु गरेको बताएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय