scheduleमगलवार आषाढ़ १ गते, २०७८

सपथ समारोहले राष्ट्रपतिको हैसियत देखियोः प्रमुख खतिवडा

काठमाडौं, १ जेठ । जनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले सपथ समारोहमा राष्ट्रपतिको हैसियत देखिएको टिप्पणी गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री केपी ओलीको प्रधानमन्त्री पदमा सपथ समारोहमा भएको व्यवहारलाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध र चर्चा भइरहेको छ । प्रधानमन्त्रीले राष्ट्रपतिलाई ‘प्रतिज्ञा’ गर्नुनपर्ने भन्दै जपाफ फर्काउँदा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘हिहि’ गर्दै हाँसेर प्रतिक्रिया दिएकी थिइन् ।

नेता खतिवडाले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रपतिकाे इज्जत र मर्यादाको कुरा हुन्थ्याे । विचारी झाँक्री कमरेड पक्राउ नै परिन् । एक गणतन्त्रवादीका लागि राष्ट्रपति संस्थाकाे माेह कति हुन्छ, म आफैं अनुभूति गर्छु ।’

उनले अगाडि लेखेका छन्, ‘तर, पात्रताकाे कुरा पनि हुनेरहेछ । स्वयं उनका, उनकाे नजिककाले राष्ट्रपतिलाई कति इज्जत र मर्यादा दिँदा रहेछन्, राष्ट्रपतिकाे मनाेविज्ञान कस्ताे रहेछ, पुन: सपथ समारोहले राम्रोसँग देखायाे ।’

राष्ट्रपतिप्रति प्रधानमन्त्रीको यो व्यवहार निच प्रकारको भएको खतिवडाको प्रतिक्रिया छ । ‘व्यक्तिका रुपमा कुनै टिप्पणी छैन । संस्था र संस्कृतिकाे मर्यादाका दृष्टिले निचताकाे पराकाष्ठा हाे त्याे,’ उनले भनेका छन् ।

यसैबीच पत्रकार अरुण बरालले प्रधानमन्त्री केपी ओलीले माफी मागेर पुनः सपथ ग्रहण गर्नुपर्नेमा जोड दिएका छन् ।

‘राज्यको प्रमुख ओहोदामा बसेको व्यक्तिले खाने सपथको भाषा मजाक होइन । राष्ट्राध्यक्षले सपथ खुवाउँदा ‘त्यो पर्दैन’ भन्नु राष्ट्रिय लज्जाको विषय हो,’ उनले लेखेका छन्, ‘राष्ट्राध्यक्षमाथिको अपमान हो ।
अब प्रधानमन्त्री ओलीले जनतासँग माफी माग्दै पुनः सपथ ग्रहण गर्नु नै राज्यको साख बचाउने एकमात्र उपाय हो ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय