scheduleमगलवार आषाढ़ १ गते, २०७८

उपेन्द्रले बोलाए आफूपक्षीय कार्यकारिणी समितिको बैठक

काठमाडाैं, १ जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफू पक्षिय कार्यकारिणी सदस्य र सांसदहरूको अनौपचारिक बैठक बोलाएका छन् ।

जसपामा आफूहरु बहुमतमा रहेको दाबी गर्दै आएका अध्यक्ष यादवले अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा बहुमत सांसद उभिएपछि आफ्नो समूहको बैठक बोलाएका हुन् ।

यस्तै, बैठकमा बहुमत कार्यकारिणी सदस्यको उपस्थितिमा ओली सरकारमा नजाने निर्णय पनि गर्ने यादव समूहको तयारी रहेको एक नेताले जानकारी दिए ।

उनले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय