scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

राष्ट्रपतीय निर्वाचनका लागि २११ जनाको आवेदन दर्ता

एजेन्सी, १ जेष्ठ । इरानमा आसन्न राष्ट्रपतीय निर्वाचनका लागि २१० भन्दा बढी उम्मेदवारले आवेदन दिएका छन् । तीन दिनमा २११ जना व्यक्तिले राष्ट्रपतीय निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गरेको इरानी अधिकारीले बताएका हुन् ।

यही जुन १८ गते हुने राष्ट्रपतीय निर्वाचनका लागि मंगलबारदेखि उम्मेदवार दर्ता गर्न थालिएको थियो । आवेदनका लागि पाँच दिन तोकिएको र तीन दिनमा २११ जनाले आवेदन दिएका छन् । मे २५ सम्म सबै उम्मेदवारको कागजात र विवरण हेरेर मे २७ भित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने इरानी अधिकारीहरुले बताएका छन् ।

राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दर्ता गराउनेमा प्रभावशाली व्यक्तिहरु समेत छन् । पूर्व राष्ट्रपति महमुद अहमदिनेजाद र पूर्व रक्षामन्त्री होसेन डेहकान, पूर्व पेट्रोलियम मन्त्री रोस्टम कासेमी, पूर्व कृषिमन्त्री सदिक खालिलियन, उपसभामुख अमिर हुसेन काजिजादेश र पूर्व खेलकुदमन्त्री मोहम्मद अब्बासीले समेत उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै प्रधानन्यायाधीश सेयेद इब्राहिम रायसी, पूर्व सभामुख अलि लारिजानी र आणविक ऊर्जा संगठनका प्रमुख अली अकबर सलेहीले समेत आफ्नो उम्मेदवारी दर्ता गर्ने तयारी गरेको इरानी समाचार माध्यम तासनिमले जनाएको छ ।

राष्ट्रपतिका आकांक्षीले ४० वर्ष पुगेको, ७५ वर्ष ननाघेको र राजनीतिक, प्रशासनिक, सैन्य वा प्राज्ञिक क्षेत्रका उपल्लो पदमा बसेर कम्तिमा चार वर्ष अनुभव बटुलेका जस्ता इरानको संवैधानिक परिषदद्वारा निर्धारित नयाँ मापदण्ड पूरा गर्नुपर्ने हुन्छ ।

आसन्न राष्ट्रपतीय निर्वाचनमा पाँच करोड ९३ लाख १० हजार इरानीहरु मतदानका लागि योग्य रहेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय