scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

बेलायतमा ‘इन्डियन भेरियन्ट’ को त्रास, वैज्ञानिकले दिए यस्तो चेतावनी

एजेन्सी, १ जेष्ठ । बेलायतमा कोभिड भाररसको ‘इन्डियन भेरियन्ट’बाट संक्रमित हुनेको संख्या बढ्न थालेको छ । हिडडुलमाथिको प्रतिबन्ध पूर्ण रुपमा हटाउने सरकारी तयारीबीच बि १६१७ नामक भारतीय भेरियन्टबाट संक्रमितको संख्या गत हप्तामा दोब्बरले बढेपछि त्रास बढ्न थालेको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले नयाँ भाइरसबाट जुन २१ सम्ममा इङल्याण्डमा लकडाउन खुकुलो बनाउने योजना प्रभावित हुन सक्ने बताइसकेका छन् ।

यसैबीच आपतकालका लागि वैज्ञानिक सल्लाहकार समूह (सेज) ले शुक्रबार चेतावनी दिँदै भनेको छ- कोभिडको ‘इन्डियन भेरियन्ट’ का कारण केही महिनाभित्रै प्रति दिन १० हजार मानिसलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था आउन सक्छ ।

त्यस्तै सरकारी वैज्ञानिकले संक्रमणबाट ज्यान गुमाउनेको संख्या प्रतिदिन एक हजारसम्म पुग्न सक्ने पनि बताएका छन् । ‘केन्ट भेरियन्ट’ भन्दा भारतीय भेरियन्ट बढी संक्रामक भएकाले यस्तो अवस्था आउने उनीहरुको भनाइ छ ।

यसबाहेक, भारतीय भेरियन्टविरुद्ध खोप सोचेजति प्रभावकारी हुन नसक्ने र आगामी हप्तादेखि लकडाउन खुकुलो बनाउँदा सावधानी अपनाउनु पर्न विज्ञहरुको सुझाव छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय