scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

भारतमा केही घट्यो कोरोना सङ्क्रमणदर

काठमाडाैं, १ जेठ । भारतमा कोरोना सङ्क्रमणदर केही घटेको छ । विगत केही दिन लगातार ४ लाख भन्दा बढी नयाँ सङ्क्रमित थपिएको भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २६ हजार नयाँ सङ्क्रमित थपिएका छन् । कोरोना भाइरस महामारीको दोस्रो लहरमा सङ्क्रमणको केन्द्र बनेको भारतमा सङ्क्रमण दर घट्दो क्रममा गएपछि अब नियन्त्रण उन्मुख हुँदै गएको अपेक्षा गरिएको छ ।

२४ घण्टामा भारतमा कोरोनाबाट तीन हजार ८ सय ९० जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा तीन लाख ५३ हजार भन्दा धेरै सङ्क्रमण मुक्त भएका छन् । भारतमा अहिले सक्रिय सङ्क्रमितको संख्या ३६ लाख ७३ हजार भन्दा बढि छ ।

भारतमा कुल सङ्क्रमितको संख्या दुई करोड ४३ लाख ७२ हजार ९ सय ७ पुगेको छ । कोभिड–१९ बाट हालसम्म दुई लाख ६६ हजार २ सय ७ जनाको मृत्यु भएको छ । यसैबीच, सङ्क्रमणबाट जुधिरहेको भारतको दिल्ली सरकारले १५ दिनमा ५ सय आईसीयू शैयाको अस्पताल सञ्चालन गरेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय