scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

पहिलो संस्करणको नेपाल सुपर लिगको उपाधि काठमाडौं रेजर्सलाई

काठमाडौं, १ जेठ । काठमाडौं रेजर्सले पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) को उपाधि उचालेको छ । लिग चरण र प्ले अफमा भोगेको हारको बदला लिँदै काठमाडौं रेजर्स पहिलो फ्रेन्चाइज फुटबल लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल) को पहिलो सिजनको च्याम्पियन बन्न सफल भएको हो ।

काठमाडौंले धनगढीलाई १–० ले हराउँदै च्याम्पियन बनेको हो । काठमाडौंको जितमा पहिलो हाफमा विदेशी खेलाडी मेसौके ओलुमोउले गरेको गोल नै निर्णयक बन्यो । उनले खेलको पहिलो हाफको २१औं मिनेटमा गोल गरेका थिए ।

जितको लयलाई निरन्तरता दिन नसक्दा धनगढी च्याम्पियन बन्नबाट चुकेको हो । काठमाडौं लिग चरणमा ३–० ले तथा तथा प्ले अफमा अतिरिक्त समयमा २–१ ले पराजित भएको थियो ।

उपाधि विजेता टोली काठमाडौंले नगद रु ३५ लाखसहित ट्रफी हात पारेको छ भने उपविजेतामा सीमित धनगढीले १५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय