scheduleबुधवार आश्विन ६ गते, २०७८

ओमानबाट आइपुग्यो अक्सिजन सिलिन्डर

काठमाडौं, १ जेठ । ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल ल्याइएको छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले शनिबार ओमानबाट अक्सिजन सिलिन्डर ल्याएको हो । गैरआवासिय नेपाली संघ र मस्कटस्थित नेपाली दूतावासको सहयोगमा जुटाइएको ५ सय ६० थान अक्सिजन सिलिन्डर ल्याइएको हो । ६३ हजार सात सय डलरमा किनिएका ती सिलिन्डरको ढुवानी खर्च सरकारले व्यहोरेको छ ।

नेपाल ल्याएका अक्सिजन सिलिन्डर आइतबार हस्तान्तरण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय