scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

प्रिमियर लिग: बर्नलीको मैदानमा लिड्सको फराकिलो जीत

काठमाडौं, २ जेठ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिड्स युनाइटेडले फराकिलो जीत निकालेको छ । लिड्सले बर्नलीलाई उसैको मैदानमा ४-० ले हराएको हो ।

लिड्सको जीतमा रोड्रिगोले २ गोल गरेका थिए भने माटिउस सिलिक र ज्याक ह्‍यारिसनले १-१ गोल गरेका थिए । पहिलो हाफमा १ गोल गरेको लिड्सले दोस्रो हाफमा ३ गोल थपेको थियो ।

खेलको ४४औं मिनेटमा सिलिकले गोल गर्दै पहिलो हाफमा लिड्सलाई १-० ले अगाडि राखे । दोस्रो हाफको ५९औं मिनेटमा ह्‍यारिसनले गोल गरेपछि लिड्सको अग्रता दोब्बर बन्यो ।

त्यसपछि ७७औं र ७९औं मिनेटमा ह्‍यारिसनले गोल गरेपछि लिड्सको ४-० को जीत सुनिश्‍चित भएको थियो । जीतसँगै ३६ खेलबाट ५३ अंक भएको लिड्स अंकतालिकाको १०औं स्थानमा छ भने पराजित बर्नली ३९ अंकसहित १५औं स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय