scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

चेल्सीलाई हराउँदै लेस्टर पहिलोपटक एफए कप च्याम्पियन

काठमाडौं, २ जेठ । इंग्लिस एफए कप फुटबलको उपाधि प्रिमियर लिग क्लब लेस्टर सिटीले जितेको छ । गएराति भएको फाइनल खेलमा लेस्टरले चेल्सीलाई १-० ले हराउँदै पहिलोपटक एफए कप फुटबलको उपाधि जितेको हो ।

लेस्टरको जीतमा युरी टाइलेमन्सले गरेको एकमात्र गोल नै निर्णायक बनेको थियो । उनले ६३औं मिनेटमा गरेको गोल लेस्टरको लागि उपाधि जित्‍न पर्याप्त रह्‍यो ।

सेमिफाइनलमा चेल्सीले म्यान्चेस्टर सिटी तथा लेस्टरले साउथह्‍याम्पटनलाई हराउँदै उपाध भिडन्त पक्का गरेका थिए ।

लेस्टरले क्लब स्थापना भएको १३७ वर्षमा पहिलोपटक एफए कपको उपाधि जितेको हो । चेल्सी भने नवौंपटक उपाधि जित्‍नबाट चुकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय