scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

प्रिमियर लिग: साउथह्‍याम्पटनले फुलहामलाई हराउँदा ब्राइटन र प्यालेसले अंक बाँडे

काठमाडौं, २ जेठ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा साउथह्‍याम्पटन विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा साउथह्‍याम्पटनले फुलहामलाई ३-१ गोलले हराएको हो ।

साउथह्‍याम्पटनको जीतमा चे एडम्स, नेथन टेला र थियो वालकटले १-१ गोल गरेका थिए । फुलहामका फाबियो कार्भालोले १ गोल फर्काए ।

खेलको २७औं मिनेटमा एडम्सले गोल गर्दै साउथह्‍याम्पटनलाई अग्रता दिलाएका थिए । ६०औं मिनेटमा टेलाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

७५औं मिनेटमा कार्भालोले गोल गर्दै खेलमा फर्कने प्रयास गरेपनि ८२औं मिनेटमा वालकटले गोल गरेपछि साउथह्‍याम्पटनको ३-१ को जीत सुनिश्‍चित भयो ।

जीतसँगै ३६ खेलबाट ४३ अंक भएको साउथह्‍याम्पटन अंकतालिकाको १३औं स्थानमा उक्लिएको छ भने रेलिगसनमा परिसकेको फुलहामको २७ अंक मात्र छ र १८औं स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा ब्राइटन र वेस्टह्‍यामले बराबरी खेल्दै अंक बाँडेका छन् । ब्राइटनको मैदानमा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो ।

ब्राइटनका ड्यानी वेलबेकले ८४औं मिनेटमा तथा वेस्टह्‍यामका सेड बेनरामाले ८७औं मिनेटमा गोल गरेका थिए ।

बराबरीपछि वेस्टह्‍यामले पाँचौं स्थानमा उक्लने मौका गुमाएको छ । ३६ खेलबाट ५९ अंक भएको वेस्टह्‍याम छैंटौं स्थानमा छ भने ब्राइटन ३८ अंकसहित १७औं स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय