scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

काठमाडौंमा आजदेखि भेरोसेलको दोस्रो मात्रा लगाइँदै

काठमाडाैं, २ जेठ । कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आजदेखि लगाइँदै छ । आज बिहान १० बजेदेखि निर्धारित केन्द्रबाट खोप लगाउने कार्यक्रम रहेको बताइएको छ । खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा ३२ वटा खोप केन्द्र र समन्वयकर्ताको विवरण सार्वजनिक गर्दै यसअघि पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिने बताएको हो ।

चैत २५ देखि वैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्र लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकले आजदेखि खोप लगाउन पाउनेछन् । खोपका लागि परिचय खुल्ने फोटोसहितको परिचयपत्र तथा पहिलो डोजको खोप लगाएको कार्ड देखाएपछि तोकिएकामध्ये पायक पार्ने खोप केन्द्रमा गएर खोप लगाउन सकिने बताइएको छ । खोप बिहान १० बजेदेखि साँझ ४ बजेसम्म लगाउन पाइनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय