scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

राष्ट्रियसभामा राप्रपाको भोट ओलीको उम्मेदवारलाई

काठमाडौं, २ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रिय सभामा रिक्त एक सिटका लागि हुन लागेको निर्वाचनमा नेकपा–एमालेका उम्मेदवार रामबहादुर थापालाई मत दिन राप्रपा नेताहरुबीच समझदारी भएको छ ।

त्यसबारे औपचारिक निर्णय नभए पनि हिजो भएको अध्यक्षत्रय कमल थापा, पशुपति शमसेर राणा र डा. प्रकाशचन्द्र लोहनीसहित शीर्ष नेताहरुको बैठकमा सो समझदारी बनाइएको छलफलमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

गृहमन्त्री समेत रहेका थापा वागमती प्रदेशबाट माओवादी उम्मेदवारको रुपमा राष्ट्रिय सभामा निर्वाचित भएका थिए । थापाले माओवादी दल त्याग गरेपछि सो पद रिक्त भएको छ ।

सोहि रिक्त पदमा जेठ ६ गते निर्वाचन हुन लागेको छ । उनी अहिले एमालेमा छन् । एमालेले रिक्त सो पदमा थापालाई नै उम्मेदवार बनाएको छ भने नेपाली काँग्रेस र माओवादी केन्द्रले डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय