scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

भारतमा दुईहप्ताभित्र ९ पटक पेट्रोल-डिजेलको मूल्य वृद्धि

एजेन्सी, २ जेष्ठ । भारतमा फेरि पेट्रोल-डिजेलको मूल्य बढेको छ । राजधानी नयाँ दिल्लीसहित विभिन्न सहरमा पेट्रोलको भाउ बढेको हो ।

नयाँ दिल्लीमा आइतबार एक लिटर पेट्रोलको मूल्यमा २४ पैसा र एक लिटर डिजेलको मूल्यमा २७ पैसा बढाइएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

समाचार अनुसार दिल्लीमा एक लिटर पेट्रोलको मूल्य बढेर ९२.५८ भारु र एक लिटर डिजेलको मूल्य बढेर ८३.२२ भारु पुगेको छ । योसँगै १६ दिनमा ९ पटक इन्धनको मूल्य बढ्न पुगेको छ ।

विधानसभाको नतिजापछि इन्धनको मूल्य बढ्ने क्रम जारी छ । २६ फेब्रुअरीमा भारतको चुनाव आयोगले पाँच राज्यमा विधानसभाको चुनावको मिति घोषणा गरेको थियो । चुनावको मिति घोषणा गरेपछि पेट्रोल-डिजेलको मूल्यमा कुनै वृद्धि भएको थिएन ।

तर मे २ मा विधानसभा चुनावको नतिजा सार्वजनिक भएपछि पेट्रोल-डिजेलको मूल्य बढ्न सुरु गरेको थियो । मे १६ तारिखसम्ममा ९ पटक इन्धनको मूल्य वृद्धि भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय