scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

सिंहदरबारमा सुरु भयो ओली-नेपाल वार्ता

काठमाडौं, २ जेठ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा छलफल हुने भएको छ । लामो समयदेखि सुरु भएको विभाजनउन्मुख भएको दुई समूहबीचको छलफलमा पार्टीभित्रको विवाद समाधान गर्ने विषयमा कुराकानी हुने बताइएको छ ।

आइतबार दिउँसो हुन लागेको वार्तामा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच केहीबेरमा भेटवार्ता हुन लागेको हो । दिउँसो १ बजेदेखि वार्ता सुरु हुने भनिए पनि यसबारे औपचारिक जानकारी आइसकेको छैन ।

दुई नेताबीचको भेटवार्तामा विवाद समाधान गर्न गठन गरिने भनिएको कार्यदलका सदस्यहरुको टुंगो लगाउन प्रयास हुनेछ । कार्यदलमा पूर्वमाओवादीका नेताहरु राख्ने मनसाय प्रधानमन्त्रीले देखाएपछि नेपाल पक्ष झस्किएको छ । यो विषय आजको छलफलमा नेता नेपालले राख्ने छन् ।

गत शुक्रबार दुवैतर्फका नेतासहित छलफल गरेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले आज त्यसैलाई निरन्तरता दिँदै कार्यदलमा रहने सदस्य टुंग्याउन छलफलमा बस्न लागेको एमाले स्रोतले जनाएको छ ।

वार्ताका लागि नेता नेपाल बालुवाटार जान अरुचि देखाएपछि ओली र उनीबीचको वार्ता पछिल्लो समय बालुवाटार बाहिरै हुन थालेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय