scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

निषेधाज्ञाको अबज्ञा गर्ने १०९५ वटा सवारी साधन होल्डमा

काठमाडौं, २ जेठ । कोभिड–१९ सङक्रमण रोकथामका लागि उपत्यकामा गरिएको निषेधाज्ञा जारी छ । .

उपत्यकाका प्रशासन कार्यालयले पटक पटक गरि जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरेका छन् । निषेधाज्ञालाई प्रभावकारी बनाउन उपत्यकाका अधिकांश स्थानमा सुरक्षा चेकजाँचलाई प्रभावकारी बनाइएको छ । काठमाडौँ उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

आइतबार बिहानै निषेधाज्ञाको अबज्ञा गरी चलाइएका १०९५ वटा सवारी साधनलाई काठमाण्डौ उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ । जसमा ८४६ वटा दुइ पाङग्रे, १८८ ओटा चार पाङ्ग्रे, १६ ओटा ट्याक्सी र ४५ वटा अन्य ठुला सवारी साधन रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय