scheduleबुधवार आषाढ़ २ गते, २०७८

मोदीको व्यङ्ग्य गर्दै पोष्टर टाँसेको आरोपमा २५ जना पक्राउ

एजेन्सी, २ जेष्ठ । दिल्ली प्रहरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचनासहितको व्यङ्ग्यात्मक पोष्टर टाँसेको आरोपमा २५ जनाविरुद्ध एफआईआर दर्ता गरेको छ । एफआईआर दर्ता गरिएका सबैलाई पक्राउ गरिएको समेत प्रहरीको भनाइ छ ।

कोभिड-१९ विरुद्धको खोप अभियानसँग जोडेर पोष्टरमार्फत् प्रधानमन्त्री मोदीको व्यङ्ग्यात्मक आलोचना गरेको आरोपमा २५ पक्राउ गरिएको हो ।

आरोपितहरुले ‘मोदी जी हाम्रा बालबालिकाको खोप किन अरु देशमा पठाइयो ?’ लेखिएका पोष्टर दिल्लीका विभिन्न भागमा टाँसेका थिए । उक्त पोष्टरबारे बिहीबार जानकारी प्राप्त भएपछि अधिकारीहरु सतर्क बनेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

कसको निर्देशनमा ती पोष्टर टाँसिएका थिए भनेर हाल अनुसन्धान भइरहेको छ । अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा कारबाही अघि बढाइने दिल्ली प्रहरीको भनाइ छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय