scheduleबुधवार आषाढ़ २ गते, २०७८

टक्टे आँधीमा परी ६ भारतीयको मृत्यु, नेपालमा पनि असर देखिने अनुमान

एजेन्सी, २ जेष्ठ । भारतमा गएरातिदेखि टक्टे आँधी सुरु भएको छ । उक्त आँधीमा परी हालसम्म ६ जना भारतीयको ज्यान गएको छ ।

टक्टे आँधीमा परी कर्नाटकमा कम्तिमा चार जनाको ज्यान गएको छ भने ६ वटा जिल्लाका झण्डै ७३ गाउँ प्रभावित बनेका छन् । कर्नाटकको विपत व्यवस्थापन प्राधिकरणले टक्टे आँधीबाट कम्तिमा चार जनाको मृत्यु भएको र ७३ जिल्ला प्रभावित भएको जनाएको हो ।

आँधीका कारण तटीय क्षेत्रमा भारी वर्षा भइरहेको छ । टक्टे आँधी तीव्र बन्दै गएपछि कैयौं स्थानमा सतर्कता अपनाइएको छ । त्यस्तै समुद्री आँधी टक्टेका कारण केरलामा दुई जनाको ज्यान गएको छ । योसँगै हालसम्म आँधीमा परी ६ जनाको मृत्यु भएको छ ।

गुजरात, महाराष्ट्र, केरलासँगै तमिलनाडुमा आँधीको असर पर्ने भारतीय समाचार माध्यमले जनाएका छन् । ती राज्यमा उच्च सतर्कता पनि अपनाइएको छ भने तमिलनाडुमा ठूलाे वर्षाको पनि अनुमान गरिएको छ ।

अरब सागरमा विकसित भएको सामुद्रिक आँधी शनिबार राति भारतमा प्रवेश गरेको हो । यसको प्रभाव नेपालमा पनि पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । सोमबारपछि नेपालमा पनि आँधीको प्रभाव देखिने संभावना रहेको उनीहरुको भनाइ छ ।

आँधीको प्रभाव नेपालको मध्य र पश्चिम तराईका जिल्लामा देखिन सक्ने अनुमान गरिएको छ । सामुद्रिक आँधीसँगै पश्चिमी वायु र न्यून चापीय प्रणालीको पनि प्रभाव पर्ने सम्भावना रहेकाले सोमबार बेलुकापछि देशका धेरै ठाउँको मौसम बदली हुने सम्भावना रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय