scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

नेपालसँग वार्ता सकेर फर्किए प्रम ओली

काठमाडौं, २ जेठ । नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटवार्ता सकिएको छ । सीसीएमसीको बैठकका कारण तोकिएभन्दा ढिलोगरी सुरु गरिएको वार्ता आइतबार सिंहदरबारमा भएको हो ।

पार्टीभित्रको विवाद मिलाउने प्रयासस्वरुप नेताद्वयबीच भएको ‘वान टु वान’ वार्ताले दुवै पक्षको ५–५ जनाको वार्ता टोली गठन गरिएको छ । वार्ता टोलीमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

दुबै तर्फबाट ५–५ जना रहने गरी वार्ता टोली बनाउने जुटेको बताइएको छ । बैठकपछि नेता माधव नेपालले ३ दिनभित्र वार्ता टोलीले पार्टी विवादका सन्दर्भमा प्रतिवेदन बुझाउनुपर्ने धारणा आफूले राखेको जानकारी दिए । तर प्रधानमन्त्री समेत रहेका प्रधानमन्त्री ओलीले थप समय चाहिने धारणा राखेको बताएको जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय