scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

बजेट संसदबाटै आउने प्रधानमन्त्रीको संकेत

काठमाडौं, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट संसदबाटै आउने संकेत गरेका छन् । प्रम ओलीले प्रतिनिधिसभा जीवितै रहेकाले नियमित प्रक्रियाबाटै बजेट आउने बताएका हुन् ।

आइतबार पार्टीका वरिष्ठ नेता माधव नेपालसँगको छलफलपछि सिंहदरबारमा पत्रकारसँग प्रतिक्रिया दिँदै उनलेअध्यादेशमार्फत बजेट ल्याउनेबारे पार्टी र सरकारमा कुनै छलफल नभएको पनि जानकारी दिए ।

‘प्रतिनिधिसभा जिवितै छ । अध्यादेशबाट बजेट ल्याउनेबारे छलफल भएको छैन,’ उनले भने । ओलीको नेतृत्वमा अल्पमतको सरकार बनेको र एक महिनाभित्र विश्वासको मत लिनुपर्ने अवस्थामा अनेक आशंका गर्न थालिएको बेला उनले यस्तो बताएका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय