scheduleबुधवार आषाढ़ २ गते, २०७८

मार्क्सवादी विधारधाराले सेना कमजोर बन्दै गएको भनेपछि अमेरिकी कर्नेल बर्खास्त

एजेन्सी, २ जेष्ठ । अमेरिकाको अन्तरिक्ष बल (स्पेस फोर्स) का कमाण्डर लेप्टिनेन्ट कर्नेल म्याथु लोहमेइरलाई बर्खास्त गरिएको छ । पुरातनवादी पोडकास्टमा अमेरिकी सेनाको ‌आलोचना गरेको आरोपमा लोहमेइरलाई पदबाट हटाइएको हो ।

लोहमेइरले द स्टिभ ग्रुभर शोमा आफ्नो किताब ‘इरेजिस्टिबल रिभोलुशन: मार्क्सिजम्स गोल अफ कन्केस्ट एण्ड अनमास्किङ अफ अमेरिकन मिलिटरी’ बारे छलफल गर्ने क्रममा अमेरिकी सेनाको आलोचना गरेका थिए ।

उनको किताबमा सुरक्षा बलभित्र मार्क्सवादी विधारधारा प्याप्त हुँदै गएको उल्लेख छ । लोहमेइरले पोडकास्टका क्रममा समेत यही कुरा भनेका थिए ।

शोका प्रस्तोता एल टोड बुडसँग कुरा गर्ने क्रममा लोहमेइरले अमेरिकी सेनामा लागू गरिएको विविधतायुक्त तालिकको धारणा नागरिक अधिकारकर्मी र अभियन्ताले सुरु गरेको Critical Race Theory मा आधारित भएको र उक्त आन्दोलनको जरा मार्क्सवादसँग जोडिएको बताएका थिए ।

साथै, उनले अमेरिकी रक्षा मन्त्रालयले लागू गरेको विविधता र समावेशी कार्यक्रमको समेत आलोचना गरेका थिए ।

‘कमाण्डको नेतृत्व सम्हालेको १० महिनायता अमेरिका कस्तो थियो, अहिले कस्तो छ र कस्तो हुनुपर्छ भन्नेबारे अमिल्दो र परस्पर विरोधी कुरा भइरहेको देखेँ’, लोहमेइरले छलफलका क्रममा भनेका थिए, ‘यस्तो कुरा गत वर्ष सामाजिक सञ्जाल वा देशभर मात्रै व्याप्त थिएन र यो अमेरिकी सेनाभित्र पनि फैलिइरहेको थियो । र यस्तो कुरा मार्क्सवादी प्रकृतिको थियो ।’

पोडकास्टका क्रममा लोहमेइरले अमेरिकालाई श्वेत मानिसको देश मात्रै हो भनेर उल्लेख गरिएका पाठ्य सामग्री सेनालाई वितरण गरिएको पनि बताएका थिए । साथै, डेमोक्रेटिक पार्टीमा नवमार्क्सवादीहरु बढ्दै गएको र उनीहरुले अन्यलाई अतिवादी देख्ने गरेको पनि उनको भनाइ थियो ।

लोहमेइरको उक्त भनाइका कारण उनलाई पदबाट हटाइएको अमेरिकी रक्षामन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय