scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

सपथग्रहण रद्द गरी प्रधानमन्त्रीले पुनः सपथ गर्नुपर्छः अध्यक्ष यादव

काठमाडौं, २ जेठ । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी ओलीले पुनः सपथग्रहण गर्नुपर्ने माग गरेको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

पार्टीका अध्यक्ष यादवले सपथको क्रममा प्रधानमन्त्रीले गरेको व्यवहारले यो देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको निष्कर्ष निकालेका छन् । उनको माग छ, ‘उक्त सपथग्रहण बदर गरी पुनः सपथग्रहण गर्न गराउन हाम्रो पार्टी माग गर्दछ ।’

अध्यक्ष यादवले पछिल्लो समय भएको राजदूत नियुक्ति संविधानविपरित भएको जिकिर गरेका छन् । ‘नेपालको संविधानको धारा २८२ र २८३ मा समावेशी सिद्धान्तबमोजिम राजदूतहरु नियुक्ति गर्नुपर्ने व्यवस्था भएकोमा पटकपटक राजदूतहरु नियुक्ति गर्दा समावेशी आधारमा नगरेको र त्यसको मापदण्ड समेत उल्लंघन भएको गरेको छ,’ वक्तव्यमा भनिएको छ ।

यस्ता राजनीतिक नियुक्तिहरुमा वर्तमान सरकारले मधेसी, आदिवासी, जनजाति, महिला, दलित, थारु लगायत समुदायहरुको संविधानको व्यवस्था विपरित न्यून प्रतिनिधित्व गराई उपेक्षा र विभेद गरिएको अध्यक्ष यादवको निष्कर्ष छ ।

उनले राज्यका सबे अंग, तह र निकायमा समानुपातिक समावेशी मान्यता र तथा त्यस सम्बन्धी मापदण्डका आधारभूत नियुक्ति गर्न माग गरेका छन् । अध्यक्ष यादवले कोभिडको दोस्रो लहरबाट जनता आक्रान्त भएको भन्दै सरकारलाई पर्याप्त ध्यान दिन र नागरिकको जीवनको संरक्षण गर्न जोडदार माग गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय