scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

प्रधानमन्त्रीले ‘प्रतिज्ञा’ गर्न नमान्दा सर्वोच्च पुगे कानुन व्यवसायी

काठमाडौं, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ बदर गर्न माग गर्दे कानुन व्यवसायीहरु सर्वोच्च अदालत पुगेका छन् ।

प्रधानामन्त्री ओलीले पुनःनियुक्त भएपछि वैशाख ३१ गते तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ लिएका थिए । उनले सो सपथमा ‘प्रतिज्ञा गर्दछु भन्ने वाक्यांश उच्चारण गर्न अस्विकार गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रतिज्ञा गर्दछु’ दुईपटक सम्म उच्चारण गर्दा जवाफमा प्रधानमन्त्रीले त्यो पर्दैन भनेका थिए ।

प्रधानमन्त्रीको सोही कार्यको विरुद्धमा वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्रबहादुर ओली र केशरजंग केसी रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।

उक्त रिटमा भनिएको छ- ‘राष्ट्रपतिले सपथको ढाँचाबमोजिम सपथ वाक्यांश जे जस्तो पढ्नु हुन्छ सोही बमोजिम नै प्रधानमन्त्रीले सपथग्रहण गर्नुपर्ने हुन्छ । सपथको ढाँचालाई तलमाथि फेरबदल गर्न पाइँदैन । यदि यसो भयो भने संविधान, संविधानवाद, जनताप्रतिको सार्वभौमसत्ता र राष्ट्रप्रतिको निष्ठामाथि नै मानमर्दन हुन पुग्दछ ।’

रिट निवेदनमा शपथको शब्द उच्चारण नगरेर प्रधानमन्त्रीले विधिको शासनप्रतिको प्रतिज्ञा र जवाफदेहिता नमानेकाले त्यसलाई बदर गरिपाउँ र अर्को शपथ नलिएसम्म प्रधानमन्त्री पद यथास्थितिमा राख्न माग गरिएको छ ।

 

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय