scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

पेट्रोल र डिजलको मूल्य बढ्यो

काठमाडौं, २ जेठ । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँले मूल्य बढाएको हो ।

आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ कायम हुने निगमले जनाएको छ ।

नयाँ मूल्य सूचीअनुसार आन्तरिक हवाइ उडानको इन्धनको मूल्य प्रतिलिटर ७८ कायम हुने भएको छ ।

एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने नबढाएको निगमले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय