scheduleसोमवार श्रावण ११ गते, २०७८

अमेरिकी पप स्टार एरियाना ग्राण्डेले विहे गरिन्

एजेन्सी, ४ जेष्ठ । अमेरिकी गायिका एवं अभिनेत्री एरियाना ग्राण्डे वैवाहिक सम्बन्धनमा बाँधिएकी छन् । एरियानाले रियल स्टेट एजेन्स डाल्टन गोमेजसँग विहे गरेको समाचार माध्यमले जनाएका छन् ।

एरियाना र डाल्टन वैवाहिक सम्बन्धमा बाँधिएको र विवाह समारोहमा २० जनाभन्दा कम मानिस सहभागी भएको एरियानाका एक प्रतिनिधिले पिपुल्स पत्रिकासँग भनेका हुन् । समाचार अनुसार क्यालिफोर्नियास्थित एरियानाको घरमा विवाह यही सप्ताहन्तमा विवाह समारोह सम्पन्न भएको थियो ।

सत्ताइस वर्षीया एरियानाले डिसेम्बरमा लस एन्जेलेसका व्यापारी २५ वर्षीय डाल्टनसँग इन्जेगमेन्ट गरेको बताएकी थिइन् । उनले आफ्नो इन्स्टाग्राममा दुबै जनाको तस्बिर राख्दै यस्तो जानकारी गराएकी थिइन् ।

यसअघि सन् २०१८ कमेडियन पेटे डेभिडसनसँग समेत एरियानाको इन्जेगमेन्ट भएको थियो ।

सन् २०१७ मा एरियानाको एक सांगीतिक कार्यक्रममा आत्मघाती बम विष्फोट भएपछि अमेरिकाबाहिर समेत उनको चर्चा फैलिएको थियो । बेलायतको म्यान्चेष्टरमा भएको उक्त विष्फोटमा २२ जनाको ज्यान गएको थियो भने कैयौं घाइते भएका थिए ।

इटालियन मूलकी एरियानालाई दुईवटा ग्रामी अवार्डसहित कैयौं पुरस्कार प्रदान गरिएको छ । १५ वर्षको उमेरदेखि कला क्षेत्रमा लागेकी एरियानाले योर्स ट्रुली, ब्याङ ब्याङ र साइड टु साइड जस्ता चर्चित गीत गाएकी छन् । त्यस्तै उनले निकेलोडिअनको एनिमेटेड सिरिज विङ्क्स क्लबमा परी राजकुमारी डायस्फोरालाई आवाज दिएकी छन् ।

सन् २०१६ देखि २०१९ सम्म टाइसको सबैभन्दा प्रभावशाली सय व्यक्तिको सूचीमा पर्न सफल एरियालाई बिलबोर्डले वर्ष महिला (२०१८) र वर्षकी महान पप स्टार (२०१९) बाट सम्मानित गरेको थियो ।

एरियानाले कला र सांगीतिक क्षेत्रको अलावा लैङ्गिक, जातीय, एलजिबिटी लगायतका मुद्दाको पक्षमा वकालत गर्दै आएकी छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय