scheduleबुधवार आश्विन ६ गते, २०७८

पोग्बा र डियालोले मैदानमै प्यालेस्टिनी झण्डा देखाए, के भन्छन् प्रशिक्षक ?

एजेन्सी, ५ जेष्ठ । म्यान्चेस्टर युनाइटेडका विङगर पल पोग्बा र अमद डियालोले प्यालेस्टाइनको समर्थनमा मैदानभित्रै आफ्ना फ्यानलाई प्यालेस्टिनी झण्डा देखाएका छन् ।

प्रिमियर लिग अन्तर्गत मंगलबार फुलह्यामसँग १-१ गोलसहित बराबरीमा सकिएको खेललगत्तै पोग्बा र डियालोले झण्डै १० हजार दर्शकसामु प्यालेस्टिनी झण्डा बोकेर मैदानमा हिडेका थिए ।

पोग्बा र डियालोले मैदानमै प्यालेस्टिनी झण्डा देखाएपछि म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्जायरले दुबैजनाको बचाउ गरेका छन् । खेलाडीहरुको विचारलाई सम्मान गर्नुपर्न सोल्जायरको धारणा रहेको छ ।

‘हामीलाई विभिन्न पृष्ठभूमि, फरक संस्कृति र देशका खेलाडीहरु चाहिन्छ’, पत्रकारसँग कुरा गर्दै सोल्जायरले भने, ‘यदि उनीहरुको विचार अरुको विचारसँग मिलेन भनेर हामीले विचारलाई सम्मान गर्नुपर्छ ।’

‘यदि मेरा खेलाडीले फुटबलबाहेक अन्य कुराबारे समेत सोच्छन् भने त्यो सकरात्मक कुरा हो र पहिला पनि केही खेलाडीले आफूले चासो राख्ने कुरामा यस्तै गरेको देखेका छौं’, सोल्जायरले थपे ।

यसअघि लेचेस्टरका खेलाडी हाम्जा चौधरी र वेस्सले फोफानाले समेत शनिबार प्यालेस्टिनी झण्डा बोकेर प्यालेस्टाइनप्रति ऐक्यबद्धता एवं समर्थन व्यक्त गरेका थिए ।

त्यस्तै आर्सेनलका मिडफिल्डर मोहम्मद एलनेनीले ट्विटरमा ‘मेरो मन, मेरो आत्मा र मेरो सहयोग प्यालेस्टाइनका लागि’ भनेर लेखेका छन् । तर उनका यहुदी फ्यानले उक्त ट्विटको चर्को विरोध गरिरहेका छन् ।

गाजामा १० दिनदेखि जारी इजरायली बमबारी र गोलाबारीमा परी हालसम्म २२० जना प्यालेस्टिनीको मृत्यु भएको छ । मृतकमध्ये ६३ जना बालबालिका रहेका छन् । त्यस्तै १५ सय प्यालेस्टिनी घाइते भएका छन् ।

साथै, प्यालेस्टिनी लडाकु समूह हमासले प्रहार गरेका रकेटमा परी २ बालबालिकासहित १२ जना इजरायलीको मृत्यु भएको छ भने ३०० जना घाइते भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय