scheduleबुधवार आश्विन १३ गते, २०७८

बूढानीलकण्ठ पुगे प्रचण्ड

काठमाडौं, ७ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बूढानीलकण्ठ पुगेका हुन् । नेपाली काँग्रेसको पदाधिकारी बैठक सकिनासाथ अध्यक्ष प्रचण्ड सभापति शेरबहादुर देउवाको निवास पुगेका हुन् ।

कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीको असंवैधानिक कदमविरुद्ध सबै प्रकारका विकल्पमा काम गर्ने निर्णय गरेको छ ।

प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच शुक्रबार बिहान नै भेटवार्ता भएको छ । भेटमा यादवले जसपाकै अर्का महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा समर्थन गर्न आग्रह गरेको बुझिएको छ ।

काँग्रेससँग छलफल गरेर जवाफ दिने बताएका प्रचण्ड अहिले देउवा निवासमा छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय