scheduleमगलवार आश्विन ५ गते, २०७८

युभेन्टस छोड्ने मनस्थितिमा रोनाल्डो, म्यान्चेस्टर युनाइटेडको नजर

एजेन्सी, ७ जेष्ठ । पछिल्लो समय स्टार फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डोले युभेन्टस छोड्न लागेको समाचारले निकै चर्चा पाइरहेको छ ।

रोनाल्डो युभेन्टसका सबैभन्दा राम्रो खेलाडी हुन् भन्नेमा कुनै शंका छैन । उनले सन् २०१८ देखि युभेन्टसबाट खेल्न सुरु गरेका थिए । क्लब र उनीबीच सन् २०२२ सम्मका लागि सम्झौता भएको हो । क्लबका लागि उनले महत्वपूर्ण गोल गरेका छन् । तर उनको गोलका बाबजुद पनि इटालियन फुटबलमा युभेन्टस हाबी हुन सकिरहेको छैन ।

तीन वर्षअघि च्याम्पियन्स लिग जित्न सकियोस् भनेर रोनाल्डोलाई युभेन्टसले किनेको थियो । तर उनलाई किनेपछि समेत क्लबले सोचेजस्तो सफलता हात पार्न सकिरहेको छैन । यही भएर यस सिजनको सिरि एमा एक खेल बाँकी रहँदै उनी क्लब छोड्ने मनस्थितिमा पुगेको बताइन्छ ।

यसैबीच तेस्रो सिजनपछि उनले युभेन्टस छोड्ने निर्णय गरेको टोडोफिसाजेसले जनाएको छ । समाचार अनुसार उनले टुरिनस्थित आफ्नो आलिसान भवनबाट सामानहरु नयाँ स्थानमा सार्न थालेका छन् ।

यसबाहेक, रोनाल्डोले औपचारिक रुपमै क्लब छोडेमा बार्सिलोनाका एन्टोइन ग्रिजमेनलाई भित्र्याउने सोचमा युभेन्टस रहेको पनि समाचारमा उल्लेख छ ।

युभेन्टस छोड्न लागेको समाचार बाहिर आएपछि म्यान्चेस्टर युनाइटेडले लगातार रोनाल्डोमाथि नजर राखिरहेको छ । युनाइटेडले अर्लिङ हालाण्डभन्दा रोनाल्डोप्रति रुची देखाउन थालेको समाचारमा उल्लेख छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय